दफा १८
समितिको बैठक
(१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा समितिको अध्यक्षले निर्णायक मत दिनेछ।
(६) समितिको निर्णय समितिको अध्यक्ष र सदस्य-सचिवबाट प्रमाणित हुनेछ।
(७) समितिले आवश्यकता अनुसार सम्बन्धित: विषयको विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(८) समितिको बैठक भिडियो कन्फ्रेसिङबाट समेत गर्न सकिनेछ।
(९) समितिको बैठक सम्बन्धी/अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।